थप ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २६ असोज । थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीमा थप एकजना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना र नोबेल मेडिकल कलेज विराटनगरमा एक गरि थप तीनजनाको मृत्यु भएको हो ।

रुपन्देहीमा देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए । उनमा उच्च रक्तचापको पनि समस्या थियो । यही असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै नोबेल मेडिकल कलेज विराटनगरमा सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बीबीसी, १४ कार्तिक । फ्रान्सको निस रहरमा रहेको एक चर्चमा भएको आक्रमणमा तीनजनाको मृत्यु भएको छ ।  फ्रान्सको निस सहरमा

एजेन्सी, १४ कार्तिक । दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको

काठमाडौँ, १३ कार्तिक । विश्वमा बुधबार एकै दिनमा हालसम्मकै सर्वाधिक ५ लाखभन्दा बढी संक्रमित थपिएका छन् । वर्ल्डोमिटर्सका अनुसार बुधबार विश्वभर

काठमाडौँ, १३ कार्तिक । फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै भोलिदेखि