कोरोना भाइरस तीव्र गतिमा फैलदै : ५२ जिल्ला रेड जोनमा

काठमाडौँ, २६ असोज । नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभन्दा बढी संक्रमित छन् ।

२ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ । महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाएको छ,’ डा. पान्डे भन्छन्, ‘विस्तृत जानकारी मन्त्रालयसँगै छ ।’

देशभर सक्रिय संक्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको छ । आइतबार मात्र २ हजार ७१ जना संक्रमित थपिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ११ असार । मुलुकका ६ वटै महानगरपालिका काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखराले सोमबार आगामी आर्थिक वर्ष ०८१/८२ को

काठमाडौँ, १० असार । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ३.२१ अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार