मन्त्री नेम्वाङ्गको जनमूखी कदमः चक्रपथ सुधारको कामलाई तत्काल अघि बढाउन ४ महत्वपूर्ण निर्णय

काठमाडौँ, २५ असोज । भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङ्गको आगमनसँगै भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल भइरहेका छन् । जसमा केन्द्रीय राजधानी रहेको काठमाडौँको चक्रपथ सुधारको काम पनि महत्वपूर्ण आयोजनाको रुपमा रहेको छ । उहाँको आगमनसँगै पहिलो चरणका कामहरु अपेक्षाकृत तवरले अगाडी वढेका छन् । त्यस्तै उहाँले उक्त आयोजनालाई निर्धारित समयमा नै व्यवस्थित तथा प्रभाकारी ढंगले सम्पन्न गर्नको लागि दोस्रो चरणका कामलाई तत्काल गति दिन विभिन्न चार निर्णय भएको छ ।

मन्त्री नेम्वाङ्गको अध्यक्षतामा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा भएको भएको बैठकले एक महिनाभित्र पोल स्थानान्तरण गर्ने, तीन महिना भित्र High Voltage Tower स्थानान्तरण गर्ने, सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन गर्ने लगायत निर्णय गरेको हो ।

निर्णयहरु

१. नेपाल बिद्युत प्राधिकरणबाट बिगतमा बिभिन्न बैठकहरुमा भएका प्रतिबद्धताहरु अनुसार आजको मितिले एक महिना (कार्तिक मसान्त) भित्र सम्पूर्ण पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सम्पन्न गर्ने र ३ महिना (पौष मसान्त) भित्र अनिवार्य रुपमा कारखाना चोक र सानोभर्याङ स्थित High Voltage Tower स्थानान्तरण गर्ने ।

२. स्वयम्भूस्थित चैत्य कार्तिक मसान्त भित्र हटाउन काठमाडौँ महानगरपालिकासंग समन्वय गर्ने र सडक विभाग, काठमाडौँ चक्रपथ सुधार योजनाबाट कार्तिक मसान्त भित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न गर्ने ।

३. जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सम्बन्धित वडा कार्यालय र नगरपालिकासंग समन्वय गरी नारायणगोपाल चोक, महाराजगंजको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मुल्यांकन कार्तिक मसान्त भित्र सम्पन्न गर्ने ।

४. सडक सिमा सम्बन्धि रहेको अन्यौल बारेमा राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशिघ्र नीतिगत निर्णय गर्नको लागि सडक विभागबाट आवश्यक पहल गर्ने ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइराला, प्रधानमन्त्री ओलीका विकास विज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, नेपाल टेलिकमका महानिर्देशक अनन्तमान सिंह, नेपाल विद्युत प्राधिकरणका निमित्त प्रवन्ध निर्देशक लेखनाथ कोइराला, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, आयोजना प्रमुख लगायत सहभागी रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३