लागूऔषधसहित तीन जना भारतीय पक्राउ

वीरगञ्ज, २५ असोज । वीरगञ्जको बहुअरी चोकस्थित सडकखण्डबाट लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया(४ बस्ने २० वर्षीय बिक्रान्त पटेल, २८ वर्षीय रामबालक राम र २० वर्षीय आकाश कुमार राम रहेका छन् । पक्राउ परेका पटेल एचआर ३८ भी ४८९५ नम्बरको ट्रक चालक हुन् भने अन्य दुई जना ट्रकमा सवार व्यक्तिहरु हुन् ।

चेकजाँचको क्रममा चालक बस्ने सिट पछाडिको सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा २९७ थान नुर्फिन, २९७ थान फेनारगन, २९७ थान डाइजेपाम र १०० एमएल वाइनसिरेक्स १२०६ बोत्तल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै उनीहरुविरुद्ध लागूऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १० कार्तिक । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट

पोखरा, १० कार्तिक । गण्डकी प्रदेशमा थप १०१ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० कार्तिक । आज दशैंको टीकाको दिन देशभर मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।