कोरोना रोकथामको विकल्पबारे सीसीएमसीमा महत्वपूर्ण ३ विषयमा छलफल: मन्त्रिपरिषद् बैठकमा पेश हुने

काठमाडौँ, २५ असोज । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्र भएपछि आगामी रणनीतिबारे छलफल सुरु भएको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को निर्देशक समितिका पदाधिकारीले संक्रमणको अवस्था र आगामी रणनीतिबारे छलफल गरेका हुन् । स्रोतकाअनुसार सीसीएमसी निर्देशक समितिमा भएको छलफलमा तीन विकल्प अघि सारिएको छ ।

यस्ता छन् विकल्प

१. दसैंको विदालाई अघि सार्ने: विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु (बैंक, मालतोल) लगायतका सरकारी कार्यालयमा भिडभाड बढेकाले सबै सरकारी कार्यालयममा कात्तिक १ बाटै विदा दिने प्रस्तावमा अघि सारिएको छ । निजी क्षेत्रलाई पनि यही समयबाट दसैं विदा गर्न आग्रह गर्ने विषयमा पनि छलफल भएको छ ।

२. संक्रमण दर उच्च भएका स्थानहरुमा निषेधाज्ञाः सीसीएमसी निर्देशक समितिको बैठकमा सहभागी एक अधिकारीका अनुसार संक्रमण दर उच्च भएका क्षेत्रहरुमा केही समय निषेधाज्ञा जारी गर्ने विकल्पमा पनि छलफल भइरहेको छ । तर सरकारी विज्ञहरुले नै समुदाय स्तरमा संक्रमण भइसकेकाले एक डेढ सातासम्म निषेधाज्ञा गरेर संक्रमण घटाउन नसक्ने बताएका छन् । लामो समयसम्म निषधाज्ञा गर्दा दसैंको समयमा सर्वसाधारणलाई रोक्न सकिने अवस्था छैन ।

३. वडासम्मै संयन्त्र बनाएर जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ लागू गर्ने: हाल प्रहरी–प्रशासनबाट मात्रै सामाजिक दूरीसहित जनस्वास्थ्यका मापदण्डहरु लागू गराउन सम्भव नदेखिएको सीसीएमसी सचिवालयको निष्कर्ष छ ।

सीसीएमसीले प्रस्ताव बनाएपछि आगामी मन्त्रिपरिषद् बैठकमा पेश गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका

काठमाडौँ, ५ कार्तिक । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको

काठमाडौँ, ४ कार्तिक । अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा