पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २२ जनाको मृत्यु

काठमाडौँ, २५ असोज । पछिल्लो २४ घण्टामा  थप २२ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज सुनसरीकी ६२ बर्षीय एक महिला र ६५ बर्षीय एक पुरुष, धनकुटाका ६१ बर्षीय एक महिला, सर्लाहीका ३८ बर्षीय एक पुरुष, काठमाडौँकी ६६ बर्षीय एक महिला र ६०, ७०, ७५ र ८३ बर्षीय चार पुरुष, ललितपुरका ४९ बर्षीय एक पुरुष, भक्तपुरका ४४ र ५७ बर्षीय दुई पुरुष, नुवाकोटका ७७ बर्षीय एक पुरुष, चितवनकी ७५ बर्षीय एक महिला, उमेर नखुलेका एक सहित ४७ र ९८ बर्षीय तीन पुरुष, मकवानपुरकी ८५ बर्षीय एक महिला, सिन्धुपाल्चोकका ६३ बर्षीय एक पुरुष र रुपन्देहीका ६०, ६१ र ८४ बर्षीय तीन पुरुषको निधन भएको छ । 

थप २ हजार ७२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ७ हजार ७ सय  ७५ जना पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या   ३१ हजा ३ सय १५ सय जना रहेको छ । मन्त्रालयका अनुसार आज १५ सय ५२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७५ हजार ८ सय ४ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले प्रक्राउ गरेको छ

पोखरा, १४ कार्तिक । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि भएको छ । लाईफ केयर डाईग्नोस्टिक प्रा.लि., पोखरा गरिएको

कैलाली, १४ कार्तिक । कार्तिकको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी

बुटवल, १४ कार्तिक । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।