प्रहरीलाई घूस दिन खोज्ने एक जना पक्राउ

काठमाडौँ, २५ असोज । प्रहरीलाई घूस दिन खोजेको आरोपमा काठमाडौँमा एक जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका २७ ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङ ड्युउटीमा खटिएको प्रहरीलाई नगद दुई सय रुपैयाँ दिएर आर्थिक प्रलोभन पार्न खोजेको आरोपमा बा।४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बारा कलैया नगरपालिका २० घर भई हाल ललितपुर सातदोबाटो बस्‍ने ३५ वर्षीय ब्रिजकिशोर साह छन् । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । नेपाल टेलिकम आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन गर्नुका

काठमाडौँ, ९ असोज । नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका

काठमाडौँ, २२ असार । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण