काठमाडौँ, २५ असोज । छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा १३ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका १, सिरुटार बिरुवास्थित श्याम थापाको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका ५२ वर्षीय राजेन्द्रकुमार थापालगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चितवनको कालिका नगरपालिका ४ मा रहेको ग्रिन टप कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३७ वर्षीय बलबहादुर नेपालीलगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै नवलपरासी ९पूर्व०, मध्यविन्दु नगरपालिका २, गैह्री टोलस्थित इभान कटेज एन्ड रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३३ वर्षीय हेमकान्त चौधरीलगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा एक लाख ५८ हजार ८ सय ८० रुपैयाँ नगद र तास सहित फेला पारी पक्राउ गरेको हो ।