बुद्ध एयर २४ औं वर्षमा प्रवेश

काठमाडौँ, २५ असोज । बुद्ध एयर २४ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९७ अक्टोबर ११ मा बुद्धले नेपाली आकाशमा पहिलो उडान गरेको थियो ।

यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो । २३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ वटा जहाजमार्फत लाखौ स्वदेशी एवं विदेशी यात्रुलाई सेवा दिइसकेको छ ।

कम्पनीले २१ सेप्टेम्बरबाट उडान सञ्चालन हुने भएपछि कम्पनीले भाडादरमा ठूलो कटौती गरेको जनाएको छ । कम्पनीले कोडिभ १९ बाट प्रभावित नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक टूर प्याकेज ल्याएको बताए ।

बुद्ध एयरले बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको जनाएको छ । जुन नेपालमै कोभिड विरुद्धका पहिलो निर्देशिका रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण