७० वर्ष बढी कैद भुक्तान असुली

तनहुँ,२५ असोज । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरी ७० वर्ष तीन महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाहरुबाट असुली गरेको छ । 

जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी रहेका फरार रहेका व्यक्तिलाई पक्राउ गरी उक्त कैद असुली गरेको हो । तनहुँ प्रहरीले करिब साढे तीन महिनाको अवधिमा १७१ जना पक्राउ परेका तनहुँका प्रहरी प्रमुख उपरीक्षक अरुण पौडेलले बताए । उनका अनुसार जरिवाना भुक्तान गर्न बाँकी रहेकाबाट रु २४ लाख ५२ हजार जरिवाना असुली गरेको छ । 

चोरी, साइवरक्राइम, बलात्कार, कर्तव्य ज्यान मुद्दा, घरेलु हिंसा, लागुऔषध, बहुविवाह, बैँकिङ कसुरलगायत विभिन्न आपराधिक मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरिएको उनले जानकारी दिए । यसरी पक्राउ परेकालाई जिल्ला अदालतमा पेश गरिएकामा अदालतले कैद भुक्तान तथा जरिवाना तिर्न बाँकी रहेकालाई कारागार पठाएको उनले जानकारी दिए । अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको छ । 

तनहुँको प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल असारको पहिलो सातामा सरुवा भएर आएपछि असारको दोस्रो सातादेखि यस किसिमको अभियान थालेपछि फरार मुद्दाका व्यक्ति धमाधम पक्राउ पर्न थालेका हुन् । यसरी पक्राउ पर्नेमा २० वर्षदेखिका फरार रहेका व्यक्ति छन् । अपराध गर्ने व्यक्ति निस्फिक्री हिँड्दा अपराध गरे पनि केही हुँदैन भन्ने भावानाको विकास हुँदै गएको त्यसलाई अन्त्य गर्न एक किसिमको विशेष टोली नै बनाएर अभियान थालिएको उनले बताए । 

दण्डहीनताको भावाना नहोस् र ढिलै भए पनि अपराध गर्ने प्रहरीको नियन्त्रणमा आउँछन् भन्ने सन्देश दिन यस अभियानलाई तीव्रता दिइएको प्रहरी उपरीक्षक पौडेलले बताए । त्यसैगरी उक्त अवधिमा मास्क नलगाई अटेर गरी हिँड्डुल गर्ने एक हजार ४०० जनालाई कारवाहीस्वरुप रु १०० जरिवानाका दरले रु एक लाख ४० हजार रकम सङ्कलन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र

काठमाडौँ, ४ कार्तिक । ग्लोबल आइएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ, ४ कार्तिक । आज सम्पन्न एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको ४६० औं बैठकको निर्णयानुसार यस बैंकको

काठमाडौँ, ४ कार्तिक । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक १२ दशमलव ४७ अंकले