भक्तपुर, २५ असोज । भक्तपुरको सूर्यविनायकमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार चुनदेवीमा रोकिराखेको बा ३ ख ८८०३ नम्बरको टिप्परमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका चालक भक्तपुर नगरपालिका-४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटीको डाक्टर इवामुरा अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि बसेकी ७ वर्षकी प्रमिला लामाको डाक्टर इवामुरा अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।