काठमाडौँ, २५ असोज । बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेकोले उक्त निम्न चापिय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर नै आँशिक बदली भइरहेको छ । आज दिउँसोको मौसम भने प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने छ ।
भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।