बाघभैरब मन्दिर परिसरस सरसफाइ शुभारम्भ

भक्तपुर, २५ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.७ स्थित रानीकोट गढी क्षेत्रमा रहेको ऐतिहासिक बाघभैरब मन्दिर र मन्दिर परिसर सरफाइ गरिएको छ । रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको आयोजनामा शनिवार मन्दिर परिसर सरसफाई गरिएको हो । सरसफाइको क्रममा मन्दिर क्षेत्रमा रहेका घाँस, झारपात र विभिन्न कागजात सरसफाइ गरी व्यवस्थापन गरिएको छ ।

सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै पनौति नगरपालिका वडा नं. १ का वडाध्यक्ष गुणनाथ सापकोटाले ऐतिहासिक बाघभैरब मन्दिर ओझेल परेको र रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको पहलमा संरक्षणको प्रयास शुरु भएको बताउनुभयो । पनौति नगरपालिकाको तर्फबाट मन्दिर संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सापकोटाले बाघभैरब र रानीकोट गढी क्षेत्र आमनगारिकको पर्यटकीय गन्तव्यको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । संस्थालाई नियमित रुपमा सरफाइ र मन्दिर संरक्षणको काममा लाग्न आग्रह गर्दै उहाँले आगामी दिनमा बाघभैरब मन्दिर पवित्र तिर्थस्थलको रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन व्यवसायी रामसुन्दर बकेले बाघभैरब र रानीकोट गढीको एकीकृत विकास गरी आन्तरिक र बाह्य पर्यटकको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रको विकासमा सरोकारवाला सबैले सक्रियता देखाउने हो भने रानीकोट क्षेत्रमा छिट्टै नै पर्यटकीय पूर्वाधारको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाको अध्यक्ष आनन्द राजथलालले गत २०७२ सालको भूकम्पले बाघभैरब मन्दिरको टाउको तल खसेको र अहिले सूर्यविनायक नगरपालिकाले उक्त टाउको जोड्नका लागि आवयक प्रक्रिया अगाडि बढाएको प्रति नगरपालिकालाई धन्यवाद दिदै संस्थाले मन्दिर र रानीकोट क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माणका लागि निरन्तर क्रियाशिल भएर लाग्ने बताउनुभयो ।

सो अवसरमार रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाका सबै पदाधिकारी तथा सदस्य, स्थानीय लगायतको उपस्थितिमा मन्दिर परिसर सरसफाइ गरिएको थियो । सरसफाइ अभियान प्रारम्भ मात्र भएकाले आगामी दिनमा मन्दिर र रानीकोट गढी क्षेत्रको विकासमा संस्थाले रानीकोट गढीको गुरुयोजना अनुसार क्रमिक रुपमा काम गर्दै जाने रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाका कोषाध्यक्ष लालबहादुर लामाले जानकारी दिनुभयो ।

संस्थाले यसअघि नै सूर्यविनायक नगरपालिकाका आर्थिक सहयोगमा रानीकोट गढीको गुरुयोजना निर्माण गरिसकेको छ । २०७५ सालमा पुरातत्व विभागले रानीकोट गढी उत्खनन गरेको थियो । उत्खननबाट प्राप्त सामाग्रीको आवश्यक संरक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा