२४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २४ असोज । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज सुनसरीका ४५ वर्षीय एक पुरुष, मोरंगका २० र ७२ वर्षीय दुई पुरुष, सर्लाहीका ७१ वर्षीय एक पुरुष, काठमाडौँका ६८ वर्षीय एक महिला र ४८ र ९० वर्षीय दुई पुरुष, ललितपुरका ४३ र ४९ वर्षीय दुई पुरुष, भक्तपुरका ६८ वर्षीय एक पुरुष, मकवानपुरका ७७ वर्षीय एक पुरुष, धादिंगकी ३१ वर्षीय एक महिला, नवलपरासी पुर्वका ३६ वर्षीय एक पुरुष र रुपन्देहीका ५७ वर्षीय एक पुरुषको निधन भएको छ । 

त्यस्तै  थप ५ हजार ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ५ हजार ६ सय  ८४ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या  ३० हजार ८ सय १८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १२ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७४ हजार २ सय ५२ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महोत्तरी, ३ बैशाख । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई

राँझा, ३ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।  अस्पतालको कोभिड वार्डमा उपचाररत

सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी

काठमाडौँ, ३ बैशाख । हावाहुरीसँगै परेको चट्याङका कारण दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बिहिबार राति चट्याङ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021