काठमाडौँ, २४ असोज । थप ५ हजार ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २६७२ जना कोरोना भाइरस पुष्टि भएको छ ।
हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:



मन्त्रालयका अनुसार आज १२ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७४ हजार २ सय ५२ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय १४ जना पुगेको छ ।