काठमाडौँ, २४ असोज । थप ५ हजार ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १९ हजार ३ सय २० जनामा परिक्षण गर्दा ५ हजार ८ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १२ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७४ हजार २ सय ५२ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय १४ जना पुगेको छ ।