मोरङ, २४ असोज । छ जना जुवाडेलाई बेलबारीबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति उनीहरूलाई बेलबारी नगरपालिका-४ का स्थानीय अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ५३ हजार २३५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलबारी-३ का रित गुरुङ, बेलबारी-११ लक्ष्मीमार्गका सुजय गौतम, चन्द्र लिम्बू, दमक नगरपालिका-५ का धमेन्द्र राई, सुनसरी इटहरी-१ का प्रदीप तामाङ र धनुषा चारनाथ नगरपालिका-८ का पर्शुराम भुजेल रहेका छन् ।
जुवा अखडाबाट एक सेट कौडा, तीन बुङ तास, को२च २८१९ नम्बरको स्कार्पियो, अनटेष्ट मोटरसाइकल र को२३प १३८७ नम्बरको स्कुटर बरामद भएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।