काठमाडौँ, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीचको आजको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको स्रोतले बताएको छ ।
यसअघि दुई अध्यक्षबीच भएको भेटवर्तामा छलफल भए पनि टुङ्गो नलागेपछि आज पुनः समझदारीको प्रयास भएको थियो । भेटवार्तामा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागि थिए ।
गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । त्यस्तै भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको थियो ।