मुख्यमन्त्री पोखरेलद्वारा एक हप्तामा ‘राप्ती उपत्यका’को जग्गाको लागत पठाउन निर्देशन

बुटवल, २४ असोज । मुख्यमन्त्री शंकर पोखरेल ज्युले यो महिनाभित्र प्रदेश राजधानी राप्ती उपत्यकाको जग्गाको लागत पठाउन निर्देशन दिनुभएको छ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाका पालिका प्रमुख, दाङ र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयका अधिकारीहरुसंग शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा जग्गाको अवस्था थाहा भएपछि अरु काम अघि बढाउन सजिलो हुने बताउनुभयो ।

उहाँले सरकारी जग्गाको अवस्था, वन क्षेत्रको जग्गा भएको तर वन नभएको जग्गाको अवस्था र निजी जग्गाको अवस्थाका बारेमा जानकारी पठाउन निर्देशन दिनुभयो । सरकारी जग्गा अतिक्रमण गरी वस्ती बस्न सक्ने भएकोले चनाखो भई नियन्त्रण गर्न उहाँले जनप्रतिनिधि र प्रशासनका अधिकारीहरुलाई आग्रह गर्नुभयो । “अतिक्रमण समुदायको सहयोगमा २४ घण्टाभित्र हटाउनुपर्छ’’ उहाँले भन्नुभयो ।

उहाँले पालिका प्रमुखहरुलाई पालिकाले बजार क्षेत्र, कृषि क्षेत्र जस्ता विषय खुलाएर सुझाव पठाउन पनि आग्रह गर्नुभयो । त्यसो गर्दा गुरुयोजना बनाउन सहयोग पुग्ने उहाँको भनाई छ । मुख्यमन्त्रीले राप्ती उपत्यका नयाँ नाम दिइएको र उपत्यका भित्र गढवा, राप्ती र शितगंगा पालिकाको मैदानी भाग पर्ने भएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो ।

छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, राप्ती गाउँपालिकाका प्रमुख नुमनारायण सुवेदी, गढवा गाउँपालिकाका प्रमुख सहजराम यादव र शितगंगा नगरपालिकाका प्रमुख सूर्य अधिकारी, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, मालपोत कार्यालयका अधिकारीहरु र प्रदेश सरकारका प्रमुख सचिव सहित मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

दाङका प्रमुख जिल्ला अधिकारी रिजालले राप्ती उपत्यका भित्रको जग्गाको अवस्था बारे सम्बन्धित निकायलाई यथार्थ अवस्था जानकारी दिन भनिसकेको र एकहप्ताभित्र आउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । आज नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ ।