‘एक शहर-एक पहिचान’को कार्यक्रम समेत अगाडी बढाईएको छ: मन्त्री नेम्वाङ्ग

काठमाडौँ, २४ असोज । भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङ्गले शहरलाई थप व्यवस्थित गर्न एक शहर एक पहिचानको कार्यक्रम समेत अगाडी बढाईएको बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले शुक्रबार आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको ‘भौतिक पूर्वाधार विकास’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेम्बाङ्गले गैरआवासीय नेपालीहरुसँग भएको ज्ञान, शीप र प्रविधि नयाँ नेपाल निर्माणमा लगाउन आग्रह गर्नु भएको छ ।भौतिक पूर्वाधारका नयाँ–नयाँ क्षेत्रलाई अगाडी बढाइएको उल्लेख गर्दै रेल, सुरुङमार्ग र मेट्रोरेलले गति लिने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले सरकार व्यवस्थित, सुरक्षित र सुविधा सम्पन्न शहर विकास गर्न लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘नयाँशहर २७ ओटा, स्मार्ट सिटी १५ ओटा, हिमाली शहर ५ ओटा र सघन सहरी विकास कार्यक्रम २० ओटा शहरमा सञ्चालित छ । अन्य शहरलाई थप व्यवस्थित गर्न एक शहर एक पहिचानको कार्यक्रम समेत अगाडी बढाईएको छ ।’

उहाँले नेपाल अहिले कम विकसित देशको सूचिमा रहे पनि भौतिक पूर्वाधार निर्माणमा ठूलो परिमाणमा लगानी सुनिश्चित गरी मध्यम आय भएको मुलुकको रुपमा स्थापित हुने लक्ष्य लिइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपालले सन् २०२२ सम्ममा कम विकसित मुलुकको सूचिबाट माथी उठाउने, सन् २०३० सम्ममा दिगो विकासको लक्ष्यहरु । हासिल गर्ने र सन् २०३० सम्ममा नेपाल मध्यम आय भएको देशको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।’

देशको संघीय राजधानी काठमाडौँमा सम्पदाको हिसावले विश्वकै विशेष रहेको भन्दै उहाँले साँस्कृतिक सम्पदा जोगाई राख्न उपत्यकामा चार ओटा उपशहर निर्माण गर्न लागिएको उल्लेख गर्नु भयो । कार्यक्रममा आधा दर्जन विज्ञहरुले भौतिक पूर्वाधार विकासको विभिन्न क्षेत्र समेटेर कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको  बैठकमा बैठकमा विनियोजन विधेयकमाथिको

काठमाडौँ, १० असार । मनसुनी प्रणाली देशभरि फैलिएको छ । जुन १० तारिख अर्थात् गएको जेठ २८ गते देशको पूर्वी भू–भागबाट

काठमाडौँ, १० असार । चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान नेपाल आइपुगेका छन् । उनी नेपाल–चीन कूटनीतिक

काठमाडौँ, १० असार । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ प्रत्यक्ष प्रसारण (LIVE)