काठमाडौँ, २४ असोज । बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेकोले उक्त निम्न चापिय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आँशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आन्शिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
छ ।
यस्तै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।