एसिडको घाउमा मायाको मलम

काठमाडौँ, २४ असोज । एसिड आक्रमणमा परेपछि कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो । उनी आफ्नो नयाँ रूपरंग देखेर डराइन् । पतिको मायामा कमी आउँछ कि भन्ने लाग्यो । ससाना छोराछोरीमा मानसिक असर पर्छ कि भन्ने पनि डर थियो । तर, एसिडको घाउमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ । त्यही मायाले उनको आत्मबल कमजोर हुन दिएको छैन ।

‘पहिला के होला भन्ने डर थियो । आजभोलि आँट आएको छ’, वसन्तीले हँसिलो मुद्रामा भनिन्, ‘पतिको मायाले मलाई बाँच्ने आधार मिलेको छ ।’ यमनारायणले पहिलेभन्दा बढी माया गर्छन् वसन्तीलाई । घरमा खाना पकाउने, सरसफाइको काम वसन्तीले गर्छिन् । घरबाहिरको काम यमनारायण गर्छन् । तर, उनी एकछिन पनि पत्नीको साथ छाड्दैनन् । यमनारायणको समय पत्नीको हेरचाहमा बितिरहेको छ । हरेक काममा साथमै हुन्छन्। पत्नीले नरमाइलो माने उनी सम्झाउँछन् । अन्यत्रको कुरा गरेर मन भुलाउँछन् ।

पतिकै मायाकै कारण यो समाजका अगाडि आएर उभिन सकेको उनको भनाइ छ । ‘पहिलाको अनुहार र एसिड प्रहारपछि हेर्ने नजर त पक्कै फरक छ नि’, उनले भनिन्, ‘तर, पति र परिवारको माया फेरिएन, यही मेरो खुसी हो ।’

उनी काठमाडौं महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १५ महिनाको उपचारपछि घरमै छिन् । उनी शारीरिक र मानसिक रूपमा तंग्रिँदै छिन् । एसिडले उनका हात, अनुहार, टाउको, छातीमा असर गरेको छ । पति यमनारायणले उनलाई दरिलो साथ दिएका छन् । समाजमा कसरी अनुहार देखाउने भन्ने चिन्ता गर्ने वसन्तीलाई पतिले हिम्मत जुटाइदिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा