अहिलेको समय मतभेदको मूल्यलाई आत्मसात गर्दै सहकार्यबाट लाभ लिने हो: मन्त्री ज्ञवाली

काठमाडौँ, २३ असोज । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले वर्तमान समय विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अहिलेको समय भनेको मतभेदको मूल्यलाई आत्मसात गर्ने र सहकार्यबाट लाभ लिने समय भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको जारी ७५ औं सभामा असंलग्न आन्दोलन (नाम) संलग्न मुलुकका परराष्ट्रमन्त्रीहरुको वैठकलाई सम्बोधन गदै मन्त्री ज्ञवालीले प्रभावकारी र समन्वयकारी प्रयासबाट मात्रै कोभिड विरुद्धको लडाई जित्न सकिने धारणा राख्नुभयो । कोभिड–१९ को महामारीको समयमा अन्तर्राष्ट्रिय जिम्मेवारी त्यागेर स्व–केन्द्रित राष्ट्रवादको साहरा लिने उपयुक्त समय नभएको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी एक भए बलियो हुन्छौ, विभाजित भए कमजोर, हामी कमजोर भए भाइरसले जित्छ । अहिलेको समय भनेको मतभेदको मूल्यलाई आत्मसात गर्ने र सहकार्यबाट लाभ लिने हो । त्यसैगरी वहुपक्षीय संस्थाहरुलाई सबल बनाउने र संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर वहुपक्षीयतालाई प्रवर्द्धन गर्ने हो ।’

कुनै पनि ठूला वा साना मुलुक शान्ति र गरिमासहित सहअस्तित्वमा रहन ऐक्यवद्धता र सहकार्यको मर्मलाई कायम राख्नुपर्ने बताउँदै उहाँले नामप्रतिको नेपालको प्रतिवद्धता पुनः दोहोयाउँदै नामलाई अझै प्रभावकारी र यसको सिद्धान्तहरुप्रति दृढ रहने संगठनको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय सरेको छ । यसअघि कमलादीमा रहेको प्राधिकरणको कार्यालय राष्ट्रिय नाचघर जमलको सांस्कृतिक

काठमाडौँ, २ बैशाख । प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको

काठमाडौँ, २ बैशाख । नेकपा एमाले नेतृत्वको सरकार र जनता समाजवादी पार्टीले गठन गरेको कार्यदलबीच छलफल भएको छ । छलफलमा

काठमाडौँ, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने बताउनुएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021