काठमाडौँ, २३ असोज । भक्तपुरमा सार्वजनिक बसमा युवतीको सामूहिक बलात्कार गरेको आरोपमा एक युवक झापाबाट पक्राउ परेका छन् ।
प्रहरीले झापा चन्द्रगढी पृथ्वीनगर-१ का २१ वर्षीय दीपेश राइलाई भद्रपुरबाट पक्राउ गरेको हो ।बलात्कारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका २२ वर्षीय निरकुमार खड्का र २१ वर्षीय सूर्य श्रेष्ठलाई पक्राउ गरिसकेको छ । पीडित युवतीका अनुसार यो समूहले असोज १६ गते रत्नपार्कमा पानीमा लड्याउने औषधि मिसाएर दिएको तियो । रत्नपार्कबाट धक्तपुर सूर्यविनायकमा पुर्याएर १७ गते बलात्कार गरेको थियो ।
घटनापछि अर्को समूहले चाँगुनारायण नगरपालिका-८, लिवालीस्थित तवियाखुशी खोला किनामा पार्किङ गरिराखेको बा ३ ख २६१२ नम्बरको बसमा लगेर बलात्कार गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।