हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार

सिन्धुपाल्चोक, २३ असोज । सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ ।

हेलम्बु गाउँपालिका-२ किउलकी सोनिया जोगीको हेलिकप्टरद्वारा शुक्रबार उद्धार गरिएको हो ।सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत विष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपछि बिहान काठमाडौँको थापाथली प्रसूतिगृहमा पठाइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्चेन शेर्पाले जानकारी दिए ।

मेलम्चीमै सुत्केरी भए पनि आमा र शिशु दुवै जनाको स्वास्थ्य ठीक नभएपछि काठमाडौँ पठाइएको शेर्पाले बताए । यसअघि पनि गाउँपालिकाले जटिल परिस्थितिमा सुत्केरीको उद्धार गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ

राँझा, ३ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।  अस्पतालको कोभिड वार्डमा उपचाररत

रसुवा, ३ बैशाख । रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021