थप ४ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, २३ असोज । कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा चारजनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो ।

नोबेलमा रंगेली नगरपालिका-९ र धरान उपमहानगरपालिका -१२ का पुरुषको मृत्यु भएको हो । बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रंगेली नगरपालिका-४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार बिहान अस्पताल ल्याइएका ७२ वर्षीय वृद्धको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । नोबेलकै प्रयोगशालामा जाँच गर्दा उनलाई बुधबार कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी समस्या थियो ।

१७ असोजमा नोबेलमा भर्ना भएका सुनसरी धरान उपमहानगरपालिका(१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान करिब ७ बजे मृत्यु भएको हो । मृतकमा श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुईजना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका(६ का ६८ वर्षीय पुरुषको बिहीबार राति १२ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह(प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा दीर्घ रोग थिएन । प्रतिष्ठानमा दुहबी नगरपलिकाका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो । मृतकमा मिर्गौला रोगको गम्भीर समस्या थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस

काठमाडौँ, ३ बैशाख । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग गरिएको भनिएको भ्रामक सम्झौतासम्बन्धि समाचारबारे प्रेस काउन्सिल

काठमाडौँ, ३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021