काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका ‘गुण्डा नाइके’ भण्डारी पक्राउ

काठमाडौँ, २३ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको धादिङ जिल्ला उपाध्यक्ष समेत रहेका गुण्डा नाईके राधे भण्डारी पक्राउ परेका छन् ।

गुण्डागर्दीमा संलग्न भएको अरोप लाग्दै आएका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङक प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले जानकारी दिनुभयो । धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमिशनमा एकछत्र राज गर्दै आएको स्थानीय बताउँछन् ।

जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको तिम्सिनाले बताउनुभयो । त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छन् । बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले ‘त्यसो नगर्न’ भने । तर, राधेले उल्टो जनप्रतिनिधिलाई धम्की दिए । प्रहरीले उनको क्रसर पनि बन्द गराएको छ । अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए ।

तीन वर्षअघि धादिङवेशीको शान्तबजार चोकमा राधेले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटेका थिए । ०७० असार २१ मा धादिङबाट काठमाडौँ आउँदै गर्दा चरीलाई गोली हानेपछि राधे चर्चामा आए । सो घटनामा राधे डेढ लाख धरौटीमा छुटे । ०७१ साउन २१ मा चरी भीमढुंगामा प्रहरीको इन्काउन्टरमा चरी मारिएपछि धादिङको गुण्डागर्दीमा राधे समूहले पकड राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ

राँझा, ३ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।  अस्पतालको कोभिड वार्डमा उपचाररत

रसुवा, ३ बैशाख । रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021