सञ्चार क्षेत्रको परिवर्तनसँगै हुलाक सेवामा रुपान्तरणको आवश्यक: प्रम ओली

काठमाडौँ, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

१४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै उहाँले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको हो । नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहनाअनुसार लय मिलाएर काम गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले हुलाक सेवा जनस्तरमा सञ्चार सेवा उपलब्ध गराउने संसारकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा भएकोले भन्दै यसलाई समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्ने बताउनुभयो । नेपालमा विसं १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने बस्ने भएको छ । सभापति रवि

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ महाधिवेशनबाट चुनिएका आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक

काठमाडौँ, ६ बैशाख । भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णयमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका

काठमाडौँ, ५ बैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले वृद्धि भएको इन्धनको मूल्य फिर्ता लिन माग गरेको