काठमाडौँ, २३ असोज । बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ ।