वैदेशिक लगानीको सफल आयोजना ‘खिम्ती जलविद्युत्’

काठमाडौँ, २३ असोज । दोलखाको किर्नेटारस्थित खिम्ती जलविद्युत् आयोजना (६० मेगावाट)को विद्युतगृह एवं सब–स्टेशन । खिम्ती जलविद्युत् आयोजनाका प्रशंसक र विरोधी दुवै बराबर पाइन्छन् । देशमा वैदेशिक लगानीको आयोजना भएकाले यसको कार्यान्वयनमा शुरूदेखि नै समर्थन र विरोध थियो ।

खिम्ती परियोजनाको विकास २०५२ सालतिर अरुण ३ आयोजनाको अवसानको लगत्तै शुरू भएको हो । उक्त समयमा तत्कालीन नेकपा (एमाले)को सरकारले अरुण ३ खारेजीको अपजस खेप्नु परिरहेकाले खिम्ती आयोजना जुनसुकै शर्तमा पनि ल्याउनुपर्ने बाध्यता थियो भन्ने बुझाइ विश्लेषकहरूको छ ।

त्यस बेलासम्म विद्युतको सबैजसो क्षेत्रमा एकाधिकार भोग गरिरहेको नेपाल विद्युत् प्राधिकरणमा भने खिम्तीको सन्दर्भमा असन्तुष्टि थियो । आयोजनाको विद्युत् खरीद सम्झौताको मस्यौदाका शर्तसँग तत्कालीन कार्यकारी सञ्चालक सहमत नभएपछि उनको सरुवा गरेर नयाँ कार्यकारी सञ्चालक नियुक्ति गरेर सम्झौता गरिएको थियो । खिम्ती आयोजनाका समर्थक थुप्रै थिए ।

अरुणको खारेजीपछि दातृ निकायहरूबाट विद्युत् एक नाफामूलक व्यवसाय हुन सक्ने भएकाले यो क्षेत्रमा सरकारी र सार्वजनिक लगानी गर्नुभन्दा निजीक्षेत्रलाई निश्चित नाफा पाउने प्रत्याभूति गरेर पूँजी परिचालन गरिनुपर्छ भन्ने सन्देश आइरहेको थियो ।

देशभित्र पनि नेपाल विद्युत् प्राधिकरणको अदक्षताको कारण सरकारी संयन्त्रभन्दा अन्यत्रबाटै विद्युत् आयोजना निर्माण गर्न सके बढी किफायती हुन सक्छ भन्ने आवाज थियो । त्यसैगरी खिम्तीको नेपाली प्रवद्र्धक बुटवल पावर कम्पनीले सफलतापूर्वक आँधी खोला ९५.१ मेगावाट० र झिम्रुक ९१२ मेगावाट० जलविद्युत् आयोजना सम्पन गरिसकेकाले सो कम्पनीले नै शुरू गरेको नयाँ आयोजना पनि सफल हुने, त्यसबाट नेपालमा दक्ष जनशक्तिको विकास हुने र भविष्यमा अन्य ठूला आयोजना निर्माणमा विदेशी लगानी भिœयाएर स्वदेशी प्राविधिक, ठेकेदार र कलकारखानाले काम गर्ने स्थितिको सृजना हुने तर्क पनि अधिकांशको थियो ।

अन्ततः नर्वेको स्टाटक्राफ्ट लगायत केही कम्पनी र बुटवल पावर कम्पनीको साझेदारीमा हिमाल पावर लिमिटेड कम्पनी मार्फत खिम्ती जलविद्युत् आयोजनामा लगानी जुटाइयो । २०५३ तिर एशियाली विकास बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन सम्पन्न भएपछि ६० मेगावाटको यो आयोजनाको निर्माण शुरू भयो ।

यो आयोजना रामेछाप र दोलखाको सिमाना भएर बगेको खिम्ती खोलामा आधारित छ । उक्त खोलामा बाँध बाँधेर पानी फर्काई ७ दशमलव ६ किलोमिटर तेर्सो सुरुङ र करीब ९०० मिटरको छड्के ठाडो सुरुङबाट दोलखाको किर्नेटारमा रहेको भूसतहमुनिको विद्युत् गृहसम्म पानी पु¥याएर विद्युत् उत्पादन गरिएको छ ।

उत्पादित विद्युत् १३२ केभीको प्रसारण लाइनमार्फत सिन्धुपाल्चोकको खाडी चौरमा ल्याएर राष्ट्रिय ग्रिडमा जोडिएको छ । यो आयोजनाले वार्षिक ३५ करोड युनिट विद्युत् उत्पादन गर्दछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस

काठमाडौँ, ३ बैशाख । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग गरिएको भनिएको भ्रामक सम्झौतासम्बन्धि समाचारबारे प्रेस काउन्सिल

काठमाडौँ, ३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021