विकास निर्माण कार्यमा नियमितरुपमा नागारिकले उच्च निगरानी गर्नुपर्छः नेता नेपाल

काठमाडौँ, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विकास निर्माण कार्यमा नियमितरुपमा स्थानीय नागारिकले निगरानी गर्नुपर्ने बताउनुभएको छ ।

स्थानीय नागरिकले जत्ति निगरानी राख्यो विकास निर्माणको काम त्यक्ति नै प्रभावकारी हुने भन्दै उहाँले विकास निर्माणको काममा उच्च निगरानी राख्न आमनागरिकलाई आग्रह गर्नुभयो ।

शङ्खरापुर नगरपालिका स्थित जरसिङ पौवा फट्केश्वर बुहानेपाटी मनमोहन मार्गको स्त्तरउन्नती कार्यको बिहिवार शुभारम्भ गर्दै उहाँले विकास निर्माणको काममा जत्ति धेरै नागरिकको निगरानी भयो त्यक्तिनै गुणस्तरीयता कामय हुने बताउनुभयो । विकासका काम कुनै दल विशेषको नहुने भन्दै नेता नेपालले विकास निर्माणको कार्यमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कोरोनाका बाबजुद पनि विकास निर्माणको काम गर्नुपर्ने बाध्यता रहेको चर्चा गर्दै उहाँले आवश्यक सुरक्षाको मापदण्ड अपनाएर विकासको काम गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । कोरोनालाई हेलचक्राई नगर्न आग्रह गर्दै नेता नेपालले कोरोनाले जोसुकैलाई पनि सङ्क्रमण गर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाएर काम गर्न उहाँले सुझाव दिनुभयो ।

प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले सिन्धुपालचोक जाने बैकलल्पिक मार्गको रुपमा यस बाटो उपयोग हुने बताउनुभयो । यस बाटो निर्माण भएपछि सिन्धुपालचोकको उत्पादन तरकारी लगायतका वस्तु काठमाडौँ ल्याउन सहज हुने चर्चा गर्दै यस बाटो पर्यटकीय मार्गको रुपमा समेत विकास हुने बताउनुभयो ।

शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले यस सडक निर्माण कार्यमा सबैले आआफ्नो स्थानबाट निगरानी राख्नुपर्ने बताउनुभयो । सडक निर्माण कार्यमा आफूहरु निर्वाचित जनप्रतिनिधि सबै प्रकारको सहयोग गर्न तयार रहेको उहाँले स्पष्ट गर्नुभयो । सडक निर्माण कार्यमा कुनै बाधा अबरोध नआउने भन्दै नगर प्रमुख श्रेष्ठले बाधा आएको ठाउँमा फुकाउन आवश्क सबै सहयोग गरिनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश

काठमाडौँ, ३ असार । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण

काठमाडौँ, २ असार । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । समितिका