कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुग्यो

काठमाडौँ, २२ असोज । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्यका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने १२ जनामा सुनसरीका ३९ बर्षीय पुरुष, धनुषाका ७० बर्षीय पुरुष, काठमाडौँकी ७९ बर्षीय महिला र ५८, ९१ बर्षीय पुरुष, ललितपुरकी ७३ बर्षीय महिला, भक्तपुरकी ८२ बर्षीय महिला, चितवनका ८१, ८१ र ९२ बर्षीय पुरुष, कास्कीका ८३ बर्षीय पुरुष र सुर्खेतकी ८२ बर्षीय महिलाको निधन भएको छ । 

थप ४३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या  २६ हजार ६ सय ८४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७१ हजार ३ सय ४३ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका

काठमाडौँ, ५ कार्तिक । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको

काठमाडौँ, ४ कार्तिक । अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा