थप ४,३६४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९८ हजार नाघ्यो

काठमाडौँ, २२ असोज । थप ४३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १८ हजार ४ सय ७३ जनामा परिक्षण गर्दा ४३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या  २६ हजार ६ सय ८४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७१ हजार ३ सय ४३ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ९० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस