कन्टेनर दुर्घटना हुँदा दुई जनाको मृत्यु

उदयपुर, २२ असोज । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–वेतेनी सडकखण्डमा कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार बेलुका ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना.५.ख. नम्बरको कन्टेनर सिरिसेस्थित दमाभीरमा दुर्घटना हुँदा कटारी-८ का मिनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

कन्टेर करिब ५ सय मिटर तल खसेर ठुलो ढुङ्ग्गाले थिचिएको अवस्थामा रहेको र मृतकको शरीरलाई उद्धार गर्न प्रहरीलाई ६ घण्टा लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई थप उपचारका लागि राती नै विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको