ललितपुरका यी ठाउँमा विद्युत् आपूर्ति बन्द

ललितपुर, २२ असोज । ललितपुरको सुनाकोठी, नख्खिपोट, चापागाउँ, लेलेलगायतका क्षेत्रमा बुधबार दिउँसोदेखि बिजुली आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको लगनखेलमा रहेको पाटन सबस्टेशन अन्तर्गतको चापागाउँ फिडरबाट वितरण भएको लाइनमा खराबी आएकाले दक्षिण ललितपुरका धेरै ठाउँमा बिजुलीको आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

वितरण लाइनको कुन ठाउँमा खराबी आयो भन्ने यकिन नहुँदा मर्मतमा समस्या भएको छ । दिउँसोदेखि नै प्राविधिकको टोली मर्मतमा खटिए पनि समस्या पत्ता लगाउन नसक्दा कठिनाइ भएको प्राधिकरणले जनाएको छ । अहिले पनि प्राविधिकको टोलीले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको तलब र दशैं खर्च कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार

काठमाडौँ, ५ कात्तिक । नुवाकोटको शिवपुरी गाउँपालिकामा अर्को व्यवस्था नभएसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । विश्वव्यापी रूपमा

काठमाडौँ, ५ कार्तिक । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ । ट्विट गर्दै उनले आफूलाई संक्रमण भएको

काठमाडौँ, ५ कार्तिक । वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएका छन् । गण्डकी प्रदेशको