अन्योलमा उपाध्यक्ष गौतमको मन्त्री बन्ने सपना

काठमाडौँ, २२ असोज । सर्वोच्च अदालतमा कोरोना संक्रमणका कारण नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’का कारण मन्त्री बन्ने सम्भावनामा अन्योल देखिएको छ । मन्त्री हुने चर्चामा रहेका गौतमको मुद्दा छिटै नटुंगिने देखिएका कारण अन्योल देखिएको हो । मुद्दामा बहस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखी बुधबारका लागि सुनुवाइ तोकिएको थियो ।

सर्वोच्चका केही न्यायाधीशमा कोरोना संक्रमण देखिएकाले बुधबार संवैधानिक इजलास बस्न सकेन। प्रधान्यायाधीशलगायत आइसोलेसनमा बसेकाले दैनिक मुद्दामासमेत असर पुगेको छ । संवैधानिक इजलास साताको दुई दिन बुधबार र शुक्रबार मात्रै बस्ने गरेको छ ।

गौतमको मुद्दामा आगामी बुधबारका लागि पेसी तोकिएको छ । पेसी तोकिए पनि बुधवार सुनुवाइ हुने नहुने निश्चित छैन । किनकि संवैधानिक इजालस ५ जना न्यायाधीश उपस्थित हुनुपर्ने भएकाले यदि कोरोना संक्रमणको डर कायमै रहेमा सुनुवाइ पछि सर्नेछ । दसैं नजिकिँदै गएकाले मुद्दाको पेसी सर्ने सम्भावना पनि उत्तिकै छ ।

बर्दियाबाट प्रतिनिधिसभामा पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले भदौ २९ मा मनोनित गरेको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले गौतमलाई राष्ट्रियसभामा मनोनित गरी मन्त्री बनाउनु संविधान विपरित भएको दाबीसहित छुट्टाछुट्टै दुईवटा रिट निवेदन दर्ता गरेका थिए ।

वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित पछि मन्त्रीमण्डलमा सामेल गराउने तयारीसमेत गरिँदैछ भन्ने रिट निवेदकको दाबी छ । उपप्रधानमन्त्रीसहित गृह वा अर्थ मन्त्रालय जिम्मा दिने तयारी भैरहेको रिट निवेदनमै उल्लेख छ । संवैधानिक इजलासले टुंगो नलगाउँदासम्म गौतम मन्त्री हुन पाउने छैनन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ

राँझा, ३ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।  अस्पतालको कोभिड वार्डमा उपचाररत

रसुवा, ३ बैशाख । रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021