नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुग्यो

काठमाडौँ, २१ असोज । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने १५ जनामा मोरङ्का ४० र ६० वर्षीय दुई पुरुष, सिराहाकी ५० वर्षीय एक महिला, रौतहटका ७२ वर्षीय एक महिला, काठमाडौँका ६६ र ७२ वर्षीय दुई महिला र ४५, ५३, ६४ र ६९ वर्षीय चार पुरुष, ललितपुरका ४६ वर्षीय एक पुरुष, चितवनका ६१ वर्षीय एक पुरुष, रुपन्देहीका ५५ वर्षीय एक पुरुष, नवलपरासीका ७६ वर्षीय एक पुरुषको निधन भएको छ । 

मन्त्रालयका अनुसार थप ३४ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९४ हजार २ सय ५३ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार  ७ जना रहेको छ ।

आज ११ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६८ हजार ६ सय ६८ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला

काठमाडौँ, ८ कार्तिक । स्थानीय तहप्रति नागरिकको चासो र अपेक्षा बढेको छ । स्थानीय नागरिकले सरकारप्रति अनुदानदेखि रोजगारमुखी कार्यक्रमको अपेक्षा

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ

भक्तपुर, ७ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलोसे–डोलेश्वर सडकको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको डोकेखोलाको पुल