थप ३४३९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९४ हजार नाघ्यो

काठमाडौँ, २१ असोज । थप ३४ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९४ हजार २ सय ५३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १४ हजार २ सय ९ जनामा परिक्षण गर्दा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार  ७ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ११ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६८ हजार ६ सय ६८ जना रहेको छ । आज १५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ७८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३