कटुवा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

नेपालगन्ज, २१ असोज । कटुवा पेस्तोल र गोलीसहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

आज ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले बाँके नरैनापुर गाउँपालिका ५ सर्बराजपुरुवा स्थित हुलाकी सडकखण्डमा चेकजाँच गर्ने क्रममा दुई जनाको साथबाट पेस्तोल र गोली बरामद गरिएको हो ।

जिल्ला बाँके नेपालगन्ज उपमहानरपालिका वडा नं २० मनिकापुरका ६२ बर्षिय सलिम नाँउ र नेपालगन्ज वडा नं १९ बसुदेवपुर बस्ने ३३ बर्षिय ईब्राहिम बेहना लगायतसंग संकास्पद प्लाष्टिक बोरा भुईमा फालेकाले उक्त बोरा प्रहरी टोलीले खोली हेर्दा सो भित्र रहेको कटुवा पेस्तोल २ र सलिम नाँउले लगाएको स्टकोटको वाँया खल्तीमा रहेको कटुवा पेस्तोलमा लाग्ने गोली ५ राउण्ड फेला पारेको हो ।

पकाउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३