आजको मौसम

काठमाडौँ, २१ असोज । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज देशका एक–दुई ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ को एक दुई ठाउँमा अहिले पानी परिरहेको छ भने अरु ठाउँको मौसम खुल्दै गएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका जनाएको छ । यस्तै अरु प्रदेशको मौसम पनि घाम लाग्दै बादल लाग्नेछ ।

यसैगरी आज राति प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने र अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८८८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

पोखरा, १४ कार्तिक । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा

धनगढी, १४ कार्तिक । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । धनगढी

काठमाडौँ, १४ कार्तिक । सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया