नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुग्यो

काठमाडौँ, २० असोज । पछिल्लो २४ घण्टामा  आज थप ९ जनाको कोरोनाबाट मृत्युसँगै नेपालमा मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ९ जनामा तेह्रथुमका ३१ वर्षीय पुरुष, सुनसरीका ६४ वर्षीय एक पुरुष, काठमाडौँकी ५९ र ६० वर्षीय दुई महिला, ललितपुरकी ६७ वर्षीय एक महिला र ६१ र ७७ वर्षीय दुई पुरुष, चितवनका ७० वर्षीय दुई पुरुष र नवलपरासी पूर्वका ७७ वर्षीय एक महिलाको निधन भएको छ ।

थप १५ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय  १४ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक