नक्कली डीएसपी पक्राउ

जनकपुरधाम, २० असोज । बलात्कार आरोपमा पक्राउ परी पूर्पक्षका लागि सिराहा कारागारको थुनामा रहेका सिराहाकै बरियारपट्टी गाउँपालिका-४ का २३ वर्षीय शिवकुमार साहलाई रिहा गराइदिने नाममा ठगी गर्ने व्यक्ति समातिएका छन् ।

प्रहरीका अनुसार साहलाई रिहा गराइदिने नाममा शिवका भाई मुकेशसँग रु ३५ हजार लिने अर्नामा गाउँपालिकाका मोहम्द जाबीरलाई पक्राउ गरिएको छ । सिराहा प्रहरीका प्रबक्ता शालिग्राम पौडेलले ३० बर्षीय जाबिरले आफू नेपाल प्रहरीको डीएसपी हुँ र मुद्दा फाँटमा काम गरिरहेकोले बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिएर रकम लिएको पाइएको छ ।

जाबिरलाई गत असोज १८ गते नियन्त्रणमा लिई ठगी शिर्षकमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा

एजेंसी, ३ कार्तिक । मध्य भियतनाममा पहिरोमा परी ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले

काठमाडौँ, ३ कार्तिक । विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ६८३ संक्रमित थपिएसगै हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या

काठमाडौँ, ३ कार्तिक । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७५ लाख ४७ हजार