जबरजस्ती करणी मुद्दा फिर्ता लिन १० लाख रुपैयाँ, १० कठ्ठा जग्गाको प्रलोभन !

काठमाडौँ, २० असोज । जबरजस्ती करणी मुद्दामा पीडितलाई विभिन्न पक्षबाट मुद्दा फिर्ता लिन प्रलोभन आउन थालेको छ ।

महोत्तरीको भंगहा नगरपालिका ९ की एक दलित समुदायकी एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा वडा सचिवविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरमा जबरजस्ती करणी महलामा मुद्दा दर्ता भएपछि विभिन्न प्रलोभन आउन थालेको छ ।

भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले गत बुधबार साँझ हरिनमरी बजारबाट साँझ ढकिया बेचेर फर्किँदै गरेकी महिलालाई बाटोमै रोकेर पोखरी नजिक लगि लछारपछार गर्दै जबरजस्ती करणीको प्रयास गरेको महिलाको आरोप छ ।

‘पैसा लिएर मिलापत्र गर्न धेरै किसिमको मलाई धम्की आइरहेको छ, पहिले दुई लाख दिन्छु भन्थे, नमानेपछि दस लाख दिन्छु भन्छ, अब १० कठ्ठा जग्गा तेरो नाममा गरिदिन्छु तर मुद्दा फिर्ता लिहाल, हैन भने मारिदिन्छु भनेर धम्की दिन्छन्, ‘पीडित महिलाले भनिन, ‘स्थानीय जनप्रतिनिधि नै मलाई पटक–पटक पैसाको लोभ देखाउँदै मुद्दा फिर्ता नलिए ज्यान मार्ने सम्मको धम्की दिन्छ, तर मैले मानेको छैन, मैले मेरो खोसिएको अस्मिता र इज्जत त फर्किदैन, तर मैले गुमाएको अस्मिता त्यसै खेर जान दिन्न, मलाई न्याय चाहिन्छ।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धुलिखेल, ८ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त

पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।