सुनसरी, २० असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुषको आज विहान ४ः२० मा मृत्यु भएको हो । मृतक पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । मृतक डायबिटिज र टिबी रोगबाटसमेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।