नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुग्यो

काठमाडौँ, १९ असोज । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने १९ जनामा सुनसरीका ५५ वर्षीय एक पुरुष, पर्साकी ६५ वर्षीय एक महिला, सर्लाहीका ४२ र ६९ वर्षीय दुई पुरुष, काठमाडौँकी ७६,८१र ८३ वर्षीय तीन महिला, २६, ६५, ६७, ७८, ८१ र ९१वर्षीय ६ पुरुष, ललितपुरका ३, ५५ र ७१ वर्षीय तीन पुरुष, चितवनका ६२ वर्षीय एक पुरुष, गोरखाकी ४५ वर्षीय एक महिला र नवलपरासी पूर्वका ३६ वर्षीय एक पुरुषको निधन भएको हो ।

त्यस्तै थप २४ सय ४० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५३१ जना कोरोना भाइरस पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । नेपाल टेलिकम आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन गर्नुका

काठमाडौँ, ९ असोज । नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका

काठमाडौँ, २२ असार । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण