सुनसरी, १९ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठका अनुसार धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको आज बिहान पौने सात बजे मृत्यु भएको हो । असोज १६ गते प्रतिष्ठानमै गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतक पुरुषमा पहिलेदेखि नै मिर्गौलाको र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।