मुख्यमन्त्री पोखरेलमाथि गरिएको सुनियोजित आक्रमण निन्दनीयः उपप्रम पोखरेल

काठमाडौँ, १९ असोज । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रदेश नं. ५ का मुख्यमन्त्रीलाई लक्षित गरेर गरिएको सुनियोजित आक्रमण निन्दनीय भएको बताउनुभएको छ ।

आइतवार साँझ काठमाडौँबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको थियो । कांग्रेसका कार्यकर्ताद्वारा काठमाडौँबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री पोखरेल सवार गाडी र उहाँको स्कर्टिङमा रहेका दुई वटा अगुवा र पछुवा गाडीमा समेत क्षति भएको छ । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।

लोकतान्त्रीक व्यवस्थामा प्रदेश सभामा प्रदेशको नाम र राजधानीको विषयमा भइरहेको छलफल र निर्णय प्रकृया अघि बढिरहेको समयमा मुख्यमन्त्रीमाथि केही राजनीतिक कार्यकर्ताले आक्रमण गर्नु सुनियोजित भएको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘प्रदेश ५ को नामाकरण र राजधानीका सम्वन्धमा प्रदेश सभामा प्रकृया सम्मत छलफल र निर्णय प्रकृया अगाडि बढिरहेका बेला प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलमाथि गरिएको सुनियोजित हमला निन्दनीय छ । सबैले बुझ्नुपर्छ -विधि र प्रकृया स्वीकार गरेर मात्र लोकतान्त्रिक हुन सकिन्छ ..!

भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्रीलाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले मुख्मयन्त्री पोखरेललाई आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । पक्राउ पर्नेमा कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेशसभा सदस्यका उमेदवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्की पक्राउ परेका हुन् । प्रहरीले भने ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा