भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने युवक पक्राउ

 काठमाडौँ, १८ असोज । भारतको दार्जिलिङमा बसेर नेपालमा साइबर अपराध गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय पसल रोकाया छन् । उनलाई पक्राउ गरेर काठमाडौंतर्फ ल्याइँदै गरिएको बताइएको छ ।

एक अनुसन्धान अधिकृतका अनुसार रोकाया पछिल्लो समय भारतको दार्जिलिङमा बसिरहेका थिए । त्यहीँबाट नेपालमा साइबर अपराध गरेको अभियोग उनीमाथि छ । उनले कसैलाई नर्स बनाउने भन्दै यौन दुर्व्यवहार गर्ने गरेको पनि भनिएको छ ।

साथै, उनले भिडियो बनाएर ब्ल्याकमेल गर्ने गरेको पनि प्रहरीको भनाइ छ । काठमाडौं ल्याएर थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्

काठमाडौँ, १३ कार्तिक । थप २३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार

काठमाडौँ, १३ कार्तिक । विश्वमा बुधबार एकै दिनमा हालसम्मकै सर्वाधिक ५ लाखभन्दा बढी संक्रमित थपिएका छन् । वर्ल्डोमिटर्सका अनुसार बुधबार विश्वभर

काठमाडौँ, १३ कार्तिक । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल