नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुग्यो

काठमाडौँ, १८ असोज । पछिल्लो २४ घण्टामा  थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७ जनामा चितवनकी ५५ वर्षीय एक महिला, काठमाडौँका ५५ वर्षीय एक पुरुष, ललितपुरका ७७ वर्षीय एक पुरुष, मकवानपुरकी ५ दिनकी एक बालिका, बाँकेकी २५ वर्षीय एक महिला र ६० वर्षीय एक पुरुष र कञ्चनपुरकी २९ वर्षीय एक महिलाको निधन भएको हो । 

थप २२ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, ३ माघ । आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, ३ माघ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । आफन्तकोमा पाहुना लाग्न

पर्वत, ३ माघ । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि

हुम्ला, ३ माघ । जिल्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर