चितवन, १८ असोज । चितवनको माडी नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय माडी बसन्तपुरका अनुसार माडी नगरपालिका-६ वसन्तपुरस्थित खेतमा बिच्छाइएको बिजुलीको तारमा परेर ६० वर्षीय सुकदेव महतोको मृत्यु भएको हो ।
धानखेतमा निकुञ्जको जनावर धपाउन छाडिएको करेन्टमा शनिबार राति उनी परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । महतोको शव पोस्टमार्टमका लागि भरतपुर पठाइएको । सो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।